पथरी । माेरङको पथरी शनिश्चरे- १ मा रहेको प्रेयसी हाेटलमा प्राख्रिन समाज पथरी शनिश्चरेकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सनिबार भएको साधारणसभामा प्राख्रिन समाजका केन्द्रिय उपाध्यक्ष जय प्राख्रिनकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साेही कमिटीकाे जिल्ला सल्लाहकार दिलबहादुर तामाङ विशिष्ट अतिथि रहनुभएकाे थियो ।
त्यसरी नै,प्राख्रिन समाज झापा जिल्ला अध्यक्ष राजकुमार तामाङ अतिथि रहनु भएको थियो ।साेही कार्यक्रममा प्राख्रिन समाजको प्रगति विवरण तथा प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियोे ।
त्यसैगरी कार्यक्रममा २७ जना प्राखिन समाजका सदस्यलाई आजीवन प्रमाण - पत्र प्राख्रिन समाजका केन्दिय उपाध्यक्ष तथा प्रमुख अतिथिसमेत रहनुभएका जय प्राख्रिनले वितरण गर्नुभएको थियोे । उक्त कार्यक्रमकाे आयाेजना पथरी शनिश्चरे नगर प्राख्रिन समाजले गरेकाे हाे ।



















