सुन्दरहरैचा,६ चैत । बलात्कारपछि हत्या गरिएकी डेढ वर्षीया बालिकाको पिडित परिवारलाई नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटीले खाधान्न सामाग्रीसहित आर्थिक सहयोग गरेको छ । आइतबार अनेमसंघ सुन्दरहरैचा नगर कमिटिले पिडित परिवारको घरमा गएर खाधान्न सामाग्रीसहित १० हजार ६ सय ४५ रुपैया आर्थिक सहयोग गरेको हो ।

274945172_314266227470222_1328611672567545587_n

गत फागुन २७ गते बलात्कारपछि हत्या गरिएकी मोरङ सुन्दरहरैचा- ७ की नाबालिकाको परिवारको दयनीय अवस्था देखेर थोरै भएपनि केही राहत पुगोस् दु:खमा परेको बेला आर्थिक भारलाई मलम लगाउन सहयोग गरिएको अनेमसंघ सुन्दरहरैचा नगर कमिटी अध्यक्ष कविता शर्माले बताइन् । दु:खमा परेको परिवारलाई विभिन्न राजनीतिक दल,महिला संगठनहरु,विभिन्न संघ संस्था लगायत सम्पूर्णमा अध्यक्ष शर्माले सहयोग गर्न अपील समेत गरिन् ।

हत्या गरिएकी डेढ वर्षीया बालिकाप्रति नेकपा एमालेका प्रदेश कमिटिका सदस्य केदार प्रसाद गुरागाईले शोक मन्तव्य सहित श्रद्वाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका थिए । नेता गुराँगाइले पिडित परिवारलाई आवश्यक परेको अवस्थामा थप सहयोग गर्न स्थानीय युवा नेता राजकुमार श्रेष्ठ ( राजा) लाई निर्देशन समेत दिए । स्वर्गीय बालिकाप्रति श्रद्वाञ्जली अर्पण गर्न सुकुना क्याम्पसका पूर्व क्याम्पस प्रमुख पिताकुमार श्रेष्ठ, नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्यहरु लक्ष्मीप्रसाद फूयल, नागेश पोखरेल ,प्रदेश कमिटीका नेताहरु अर्जुनराज अधिकारी, महिला नेत्री नारायणी भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

हत्या गरिएकी नाबालिकाको बुवा राजकुमार मण्डल दैनिकी गुजारा चालाउन ज्यालादारी मजदुरको काम गर्दै आएका छन् । घरमा जम्मा रहेको अन्य पाँच जनाको परिवारलाई पालन पोषण गर्ने जिम्मा मण्डलको एक्लै रहेको छ । मण्डलको घर परिवारमा सबै भन्दा जेठ्ठी छोरी १७ बर्षिय राधिका पुरानो दीर्घ रोगले ग्रसित छिन उनको दाहिने हात पूरै भाग जलेको छ । माहिली छोरी १२ बर्षिय लक्ष्मी आवाज बिहिन छिन। सानो छोरा ८ बर्ष राहुल आफ्नी बहिनीको काजक्रियामा बसेका छन । आमा सुमित्रा कुमारी राम्रो सँग मजदुरी गर्न सक्ने अवस्थामा छैनन्।

बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारलाइ न्याय दिलाउन र दोषी उपर कडा भन्दा कडा कारवाही गराउन अनेमसंघ सुन्दरहरैचा नगर कमिटीले आन्दोलन गर्दै आएको छ ।