पथरी शनिश्चरे, १६ चैत । मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा १५ दिने कुक तालिम आज सम्पन्न भएको छ ।
तालिम समापनका अवसरमा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु व्यवसायमुखी भएर अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।

उपप्रमुख वास्तोलाका साथै वडा सचिव दीर्घराज राय, वडा सदस्य कुरुक्षेत्र नेपाल सहितले सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
८ महिला र १० पुरुष सहित वडाका १८ जनाको सहभागिता रहेको तालिममा इटहरीका प्रशिक्षक केशव खतिवडाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम समूह अध्यक्ष कल्पना राईको अध्यक्षतामा सम्पन्न भयो । तालिमका लागि नगरपालिकाको १ लाख ९० हजार रुपैयाँ बजेट छुट्याइएको थियो ।



















