एजेन्सी । चरम आर्थिक संकटले गुज्रिरहेको श्रीलंकाका सबै मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मन्दीकाे विराेधमा सरकार विरुद्ध प्रदर्शन चलिरहेका बेला श्रीलंकाकाे मन्त्रिपरिषद्का सबै मन्त्रीले आइतबार राति पदबाट राजीनामा दिएका हुन् । राजीनामा दिनेमा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षसहित २८ मन्त्री रहेका श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि प्रधानमन्त्री महिन्दा राजापाक्षे र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षेले भने राजीनामा दिनुभएकाे छैन । मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षे समक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् । राजीनामा कारण भने नखुलेकाे सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

श्रीलंकामा दैनिक उपभोग्य वस्तुको समेत चरम अभाव भएकाे छ । साेही बिषयलाई लिएर सरकार विरुद्ध प्रदर्शन भइरहेकाे छ । प्रदर्शन चर्किएपछस सरकारले कर्फ्यु आदेश जारी गरेकाे छ । यद्यपि प्रदर्शनकारीले कर्फ्यु तोडेर सरकारविरुद्ध प्रदर्शन गरेका छन् । त्यसक्रममा आइतबार मात्र सयाैं प्रदर्शनकारी पक्राउ परेका छन् ।