उर्लाबारी,२१ चैत । नेकपा एमाले उर्लाबारी ३ नंम्बर वडा शाखा कमिटीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार अस्पताल प्रशासनलाई नेकपा एमाले ३ नंम्बर वडा शाखा कमिटीका अध्यक्ष तथा वडा सदस्य भीष्म बुढाथोकीको नेतृत्वमा गएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा ७० बर्षभन्दा माथीका जेष्ठ नागरिक तथा अत्यन्त विपन्न परिवारलाई सुगर परिक्षणलगायत अन्य रोगहरुको नि:शुल्क उपचारको ब्यवस्था गर्न माग गरिएको छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रममा ढिलासुस्ती नगर्न र छिटोछरितो सेवा प्रदान गर्न उक्त पत्रमा अनुरोध गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।