बिराटचोक,२६ चैत । मोरङको सुन्दरहरैचा ३ मा गछिया तेक्वान्दो डोजाङको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । गत बिहीवार गछियाको खेलमैदानमा बिधिवत रुपमा कार्यक्रमका प्रमुख अतिथि उधोग बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले उद्घाटन गरेका हुन ।

277860315_3145636375680439_4415511806973841965_n (1)

गछियामा तेक्वान्दो डोजाङ खेललाई लाइ प्रबर्द्धन गरी र नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यका साथ तालिम प्रदान गर्ने सो गछिया तेक्वान्दो डोजाङको उदघाटन कार्यक्रम गरीएको कार्यक्रमका सभापती डोजाङ प्रमुख टीकाराज ढकालले बताए । सो उदघाटन कार्यक्रममा खेलमा प्रवेश गरेका बालबालीकालाइ निशुल्क पोशाक वितरण गरीएको थियो ।

278071099_847431346651049_3039467050802354932_n

सत्रौ राष्ट्रीय तेक्वान्दो डोजाङमा प्रथम हुने ४८ केजी तौलका सुनसरीको इटहरी निवासी सुशन थापालाई पाच हजार नगद सहित पुरस्कार र त्यसैगरी दोश्रो हुने ७४ केजीको सुन्दरहरैचा ९ का जीवन तामाङलाई नगद तिन हजार सहित पुरस्कार बितरण गरीएको थियो । कार्यक्रममा स्थानीय खेलाडीहरुले डेमोस्टेसन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुन्दरहरैचा ३ नम्बर वडाका अध्यक्ष जीवन ढुंगाना गछियाका तेक्वान्दो डोजाङको सस्थापक प्रशिक्षक बलराम राउत,कोलम्वस कलेजका प्रोफेसर डा. तारा निरौला स्थानीय युवा डा. प्रकाश भट्टराई,युवा समाजसेवी श्रवण घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।