काठमाडौं,३० चैत । गायक पशुपति शर्माले सत्ता गठबन्धनको आलोचना गर्दै एमालेको समर्थनमा बोलेका छन् । गायक शर्माले मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेखेर एमालेको समर्थनमा अभिव्यक्ति दिएका हुन् । उनले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको विरोध गरेका छन् ।

‘लाज पचेकाहरूले हो गठबन्धन् गर्नी, सिद्धान्त मिल्नु छैन ? विचार मिल्नु छैन ? चुनावी घोषणा पत्र आफ्ना–आफ्ना छन् । के हो यो ?’, गायक शर्माले भनेका छन् । ‘गठबन्धन आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौं ?’, उनले भनेका छन्, ‘कार्यकर्ता र जनता कति भेँडा हुन्छौँ सोँच्ने बेला भयो अब ।’

गायक शर्माले गठबन्धनको विरोध गरेर एमालेको समर्थन गरेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनको विरोध गरेर गायक शर्माले आफूलाई एमाले समर्थक हुँभन्ने सन्देश दिएका छन् ।