विराटचोक,७ बैशाख । मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि बिजेता नुतन श्रेष्ठलाई मोरङको सुन्दरहरैचामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधवार एक कार्यक्रमका बिच मिस्टर नेपाल श्रेष्ठलाई सुन्दरहरैचाका १२ नम्बर वडाका वडा अध्यक्ष तथा नेकपा एमालेका युवा नेता रोशन प्रसाद ढकालले सम्मान गरेका हुन् ।

सोही १२ नम्बर वडाका स्थायी बासिन्दा समेत रहेका २६ वर्षीय नुतन सहित उनका बुवा बुद्दी र आमा लिला श्रेष्ठलाई पनी सम्मान गरीएको थियो । सो सम्मान कार्यक्रममा स्थानीय युवाहरुको बाक्लो उपस्थिती रहेको थियो भने नेकपा एमालेका युवा नेता आनन्द बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।
मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठले ३५ जना प्रतिस्पर्धीमा आफूलाई अब्बल साबित गर्दै उपाधि हात पारेका थिए । मिस्टर नेपाल विजेता बनेसँगै उनले आयोजकको तर्फ बाट पाँच लाख रुपैयाँ पाएका थिए । साथै उनले मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् ।



















