काठमाडौँ—क्रिकेटर सन्दीले लामिछानेले टी-२० मा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । बंगलादेशविरुद्ध २ विकेट लिएसँगै उनले १०० विकेटको आँकडा पार गरेका हुन् ।

उनी सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने विश्वका दोस्रो खेलाडी बने । अफगानिस्तानका रसिद खानभन्दा एक खेलबाट मात्र उनी पहिलो हुन चुके ।

अस्ति दक्षिण अफ्रिकासँगको खेलमा उनले यो स्कोर प्राप्त गरेका थिए भने, सबैभन्दा छिटो १०० विकेट लिने विश्वको पहिलो खेलाडी हुन्थे ।

नेपाली बलरमा भने अहिलेसम्म यो कीर्तिमान कोहीसँग छैन । उनी नै पहिलो बनेका छन् ।