काठमाडौं, ३१ जेठ। एएफसी एसियन कप फुटबल प्रतियाेगिताकाे छनोटमा नेपालले आज इण्डाेनेसियासँग खेल्दैछ ।
एसियन कप छनाेटकाे तेस्रो चरण अन्तर्गत नेपालले आफ्नाे अन्तिम खेलमा इण्डाेनेसियासँग खेल्न लागेको हो । यी दुई टाेलीबीचकाे खेल कुवेत सिटीस्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
नेपाल आज सान्त्वना जितकाे खाेजीमा हुनेछ । समूह 'ए' मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेकाे छ ।




















