भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उहाँकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिनुभएको शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो ।

डा. सुवेग र सुवान गरी उहाँका दुई छोरा छन् । लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उहाँ उपचाररत हुनुहुन्थ्यो ।