विराटचोक,१३ असार । मोरङको केराबारीका पहिरो पिडितलाई मोरङसुनसरी सेवा समाजले राहत सहयोग प्रदान गरेको छ । मोरङसुनसरी सेवा समाज साउदी अरबले संकलन गरेको ५० हजार नगद आर्थिक सहयोग स्वरुप सोमबार वितरण गरेको हो ।
गत असार ६ गते केराबारी १ स्थित शिरूवानीमा पहिरोमा परि ४ घर परिवार बिचल्लीमा परेका थिए । उनीहरुलाई मोसु नेपालको ब्यवस्थापकीय खर्चमा केराबारी गाउँ पालिका वडा नं १ को कार्यालयमा सोही वडाका वडाध्यक्ष शरणकुमार मगरको रोहबरमा राहत वितरण भएको छ।

पहिरो पिडित परिवारलाई अप्ठ्यारो परेको बेलामा सकेको सहयोग गरौँ भन्ने सामाजिक भावले प्रवासमा रहँदा समेत सकेको आर्थिक सहयोग संकलन गर्ने मोसु साउदी परिवार र बर्षातको बिषम अवस्थामा पनि लामो एवम जोखिमपूर्ण यात्रागरि पाटिगाऊ सम्म पुगेर सहयोग हस्तान्तरण गरेकोमा मोसु नेपालका पूर्व अध्यक्षहरु, पदाधिकारी तथा सदस्यहरु प्रति मोरङ सुनसरी सेवा समाज नेपालका अध्यक्ष टि.एन बरालले धन्यबाद तथा आभार व्यक्त गरेका छन् ।
सोहि अवसरमा मोरङ सुनसरी सेवा समाज नेपालको पहलमा नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखा धरान मार्फत प्राप्त पिडित ४ परिवार का लागि अति-आवश्यक लत्ता-कपडा, भाडाकुडा सहितका सहयोग सामाग्री मोसु नेपालले वडाध्यक्ष मगर लाई पहिरो पिडित परिवार सम्म पुर्याउने गरि प्रदान गरेको छ । उपरोक्त सामाग्री प्रायोजनका लागि नेपाल रेडक्रस सोसाईटी सुनसरी शाखा थरानलाई समेत अध्यक्ष बरालले धन्यबाद ब्यक्त गरेका छन् ।
सो राहत वितरण कार्यक्रममा मोरङसुनसरी सेवा समाज नेपालका उपाध्यक्ष विवेक भट्टराई महासचिव ललित निरौला सह कोषाध्यक्ष सूर्य थापा,पूर्व अध्यक्षहरु रामनाथ भण्डारी,गोकुल बहादुर थापा,मिलन खत्री र कार्यसमिती सदस्य मिलन कार्की लगायतको उपस्थिती रहेको थियो ।



















