बिराटचोक,१८ असार । मोरङको केरावारीका उधोगी ब्यावसायी तथा समाजसेवी कुमार खड्कालाई मातृ शोक परेको छ । उनको ममतामयी माता देवकुमारी खड्काको ६९ बर्षको उमेरमा शुक्रबार राति निधन भएको हो।
लामो समयदेखि मुटु रोग सम्बन्धी बिरामी स्वर्गिय खड्कालाई पिसावमा संक्रमण भएको कारण स्वास्थ्यमा थप समस्या परेपछि करिव एक महिनादेखि धरानको घोपा क्याम्पमा उपचारको क्रममा निधन भएको परिवार श्रोतले बताएको छ ।
स्वर्गीय खड्का समाजमा र आफ्नो ब्याक्तीगत रुपमा प्रेरणा स्रोत भएको भन्दै उनको निधनप्रति केराबारी गाउपालिकाका अध्यक्ष सुमन मिरिचिङ मगरले दुख ब्याक्त गरेका छन्।
स्वर्गीय खड्काको ४ जना छोरा १ एक छोरी रहेकी छन । उनको पर्थित्व शरिरलाई शनिबार केराबारी ८ स्थित खदम घाटमा अन्त्यष्टी गरीएको स्वर्गीय खड्काको कान्छा छोरा निर्मल खड्काले जानकारी दिए ।



















