विराटचोक,२ साउन । सुनसरीमा दुईवटा सवारी एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । रामधुनी २ तित्रीवन चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १ ०१ ००१ च ७६५० नम्बरको पिकअप र विपरीत दिशातर्फ आउँदै गरेको को २ ह ७२९९ नम्बरको अटो एक आपसमा जुधेका थिए ।
दुर्घटनामा परि घाइते भएका अटो चालक सुन्दरहरैंचा–९ का डम्बरकुमार दर्जीको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि इटहरीस्थित एपेक्स अस्पताल राखिएकोमा उपचारका क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पिकअप र चालक झापाको अर्जुनधारा–७ बस्ने मनबहादुर चौधरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको पाइएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।



















