बेलबारी,११ साउन । मोरङको बेलबारी नगरपालिकामा रोकिराखेको ट्रकसँग कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान बेलबारी– १० भाउन्नेमा भएको दुर्घटनामा झापाको दमक नगरपालिका–४ का राजीव बराइलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार बिहान ७ बजे पूर्व पश्चिम राजमार्गतअन्तर्गत भाउन्नेमा बिग्रिएर रोकेको को १ ख ८००४ नंंम्बरको ट्रकसँग पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नंम्बर को कार ठोक्किएको थियो।
दुर्घटनामा कारमा सवार बराइली गम्भीर घाइते भएका थिए ।

घाइते उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। यस्तै, कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएका छन्। प्रहरीले ट्रक चालक धनकुटा घर भएका ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।