बेलबारी,१२ साउन । मोरङको बेलबारी नगरपालिकामा कार्यरत कर्मचारकिो म्याद ६ महिनाका लागि थप गरिएको छ । बिहीबार दिउँसो नगरपालिकामा बसेको कार्यपालिका बैठकले सो निर्णण गरेको हो ।

बैठकले दुःखमा नगरपालिका कार्यक्रम अन्तर्गत नगरभित्रका कुनैपनि व्यत्तिको मृत्यु हुँदा नगद ५ हजार सहित मृतकको घरमा जाने कार्यक्रमलाई हटाएर बिपन्न परिवारलाई मात्र नगद प्रदान गर्ने र अन्य व्यत्तिको घरमा जाँदा नगद प्रदान नगर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रवक्ता गंगा याख्खाका अनुसार बेलबारीमा ईलाका प्रशासन कार्यालय र बेलबारी ११ मा क्षेत्रीय ट्राफिक प्रहरी कार्यलयको माग गर्ने समेत निर्णय भएको छ । यसैगरी नगरपालिकाले प्रदान गर्ने समवेदना पत्रमा नगर प्रमुखको मात्र हस्ताक्षर रहने गरेकोमा आगामी दिनमा उपप्रमुख सहित सम्बन्धित वडाको अध्यक्षको समेत नाम रहने निर्णय गरिएको प्रवत्ता याख्खाले बताए ।

यसैगरी विपद व्यवस्थापन लगायत विविध बिषयमा समेत कार्यापालिका बैठकले निर्णय गरेको उनले बताए । नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा,प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की सहित बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बेतन दैनिक बाट साभार।