एजेन्सी । साना साना बालबालिकाले सानोतिनो गल्ती गरे सम्झाएर त्यस्ता काम नगर्ने कुरा सिकाउन सकिन्छ तर भारत बिहारको किशनगञ्जमा मात्रै १० रुपैयाँको चाउचाउ चोरेको आरोपमा बालबालिकालाई कुटपिट गरि निर्मम तरिकाले सजाय दिइएको छ ।
चोरीको आरोपमा निर्दोष चार जना बालबालिकालाई सजायस्वरुप गाउका केहि मानिसहरुले डोरीले बाधेर कुटपिट गरेपछि कपाल खौरिएर यातना दिएका हुन् । यति मात्र नभै बालबालिकाका परिवारबाट १५०० सय रुपैयाँका दरले जरिवाना समेत असुल गरिएको थियो ।
यतिखेर बालबालिकाको कपाल खौरिएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । घटनालाई लिएर पीडित परिवारले प्रहरी कार्यालय पुगेर न्यायको माग गरेका छन् । एसपीको आदेशमा स्थानीय प्रहरीले यस विषयमा मुद्दा दर्ता गरेको छ।
साउन २५ गते साँझ गाउँकै पसले कलिमुद्दीन कमालले गाउँका चार बालबालिकालाई पसलबाट चाउचाउको प्याकेट चोरेको आरोप लगाएका थिए ।




















