सर्वाधिक चर्चामा रहेको जोडी निक र प्रियंका लाजले पानी–पानी भएका छन् । पार्किग लटमा कसैले देख्दैनन् भनेर गरेको गाढा चुम्बनको तस्वीर लिक भएपछि उनीहरुमा आपत आइलागेको हो ।

केही समय अघि बिवाह बन्धनमा बाधिएकी बलिउड नायिका प्रियंका चोपडा बैबाहिक जीवनमा रमाइरहेकी छिन् । हलिउडका चर्चित गायक निक जोनसँग बिबाह गरेकी प्रियंका कहिलेकाही विवादित पनि बन्ने गर्छिन् । बिहेपछि निक र प्रियंकाले सार्वजनिक गर्ने तस्विरहरु मिडियाका लागि मसला बन्ने गरेका छन् ।

अहिले पुन प्रियंका र निकको एक फोटो भाइरल भइरहेको छ । उनीहरुले पार्किङ स्थलमा गरेको चुम्बनको फोटो अहिले सामाजिक संजालमा भाइरल छ । पापाराजीले खिचेको उक्त फोटो डेलीमेलमा सार्वजनिक भएपछि भाइरल भएको थियो । उक्त फोटोमा प्रियंका र निकले कालो र निलो कपडा मिलाएर लगाएका छन् । र गाढा चुम्बनमा लिप्छ छन् ।