- नवराज दाहाल
विराटचोक,६ भदौ । नजिकिदै गरेको महिलाहरुको पर्व हरितालिका तीजको अवसर पारेर नेकपा एमाले निकट अखिल नेपाल महिला संघले "नेतृत्व विकास तथा तीज विशेष सांस्कृतिक कार्यक्रम" गरेको छ ।
अनेमसंघ सुन्दरहरैँचा नगर कमिटीले आइतबार सुन्दरहरैँचाको ३ नम्बर वडा स्थित लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा "नेतृत्व विकास तथा तीज विशेष सांस्कृतिक कार्यक्रम"गरेको हो ।

उक्त कार्यक्रममा जन गायक बालकृष्ण सिग्देल,गंगा गौतम लगायतका कलाकारहरु साथै सहभागीहरुले तिज विशेष सांङगीतीक प्रस्तुती गरेका थिए । महिलाहरुमा समुहगत भेला मार्फत सामुहिक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक समितिकी अध्यक्ष शर्माले जानकारी दिइन ।

कार्यक्रममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी उपसचिव तथा अनेमसंघ कन्द्रिय कमिटी सदस्य धनादेवी तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी अनेमसंघ मोरङ जिल्ला कमिटी अध्यक्ष टिका भट्टराई, नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्यहरु लक्ष्मी फुयल, नागेश पोखरेल प्रदेश कमिटी सदस्यहरु राजकुमार ओझा,अर्जुनराज अधिकारी,ज्ञानेन्द्र ओझा, बिरेन्द्र श्रेष्ठ पार्टी केन्द्रिय विभाग सदस्य बद्रि अर्याल, पार्टी मोरङ जिल्ला कमिटी सदस्यहरु,सुन्दरहरैँचा नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल, सचिव सन्तोष घिमिरे युवा संघ केन्द्रिय सचिवालय सदस्य मनोज राई राष्ट्रिय जन सास्कृतीक महासंघ केन्द्रिय सदस्य बालकृष्ण सिग्देल,बालिका पौडेलजनप्रतिनिधीहरु लागायतको आतिथ्यता रहेको थियो ।

अनेमसंघ नगर कमिटी अध्यक्ष कविता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटीकी सहसचिव तुलसा मेंयांग्वोले स्वागत मंतव्य राखेकि थिईन् भने संघकी सचिव गोमा कट्वाल देउजाले कार्यक्रम संचालन गरेकी थीइन्।कार्यक्रममा नेकपा एमालेमा आवद्द पाचसय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो ।





