काठमाडौं/ अन्तर्राष्ट्रिय योग दिवसकै दिन भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीले आफनो ट्वीटर अकाउन्टमा एउटा तस्विर पोट गरे । शुक्रबार साँझ पोष्ट गरेको उक्त तस्विर सामाजिक सञ्जालमा देखिने वित्तिकै बहसको विषय बनेको छ ।
केही भारतीय सेना र कुकुरले सँगै योगा गरिरहेको देखिने त्यो तस्विरसँगै राहुलले लेखेका छन् ‘न्यु इन्डिया’ । उनले ट्वीटरमा राखेको तस्विर र लेखेका स्टाटस्ले भारतमा अहिले निकै ठुलो बहस सृजना गरिदिएको छ । तस्विर पोष्ट गरिएको १ घण्टा नवित्दै २ हजारको हाराहारीमा रिट्वीट भैसकेको छ ।
अधिकांशले गान्धीले यो तस्विर राखेर राष्ट्रको बेइज्जत गरेको प्रतिक्रिया दिएका छन् । कसैले यो तस्विरले राष्ट्रिय सेनाको अपमान गरेको बताइरहेका छन् भने कसैले लोकसभा निर्वाचनमा बेहोरिएको हारले होप्लेस भएको प्रतिक्रिया दिएका छन् ।
राहुलको ट्वीट फलो गर्ने गणेश सिंहले लेखेका छन्, ‘डियर राहुल गान्धी, तपाई सबैभन्दा पुराने पार्टी काँग्रेसको अध्यक्ष हुनुहुन्छ, यो ट्वीटले कसको अपमान गर्न खोज्नुभएको हो ? देशको, जवानको वा महान भारतीय संस्कृतिको ? सोच्न जरुरी छ ।’ त्यस्तै अन्य फलोअर्सले पनि गान्धीको यो तस्विर र पोष्टको चर्को आलोचना गरेका छन् ।




















