- योगेश दाहाल
बेलबारी,२० भदौ । जनगायक गोपाल नेपालको एकल गायन कार्यक्रम हुने भएको छ । जनगायक नेपालको सम्मान स्वरुप मोरङको बेलबारीमा असोज ८ गते एकल गायन तथा सम्मान कार्यक्रम हुने भएको हो । राष्ट्रिय जनसांस्कृतिक महासंघ मोरङ जिल्ला समिति र बेलबारी नगर समितिले संयुक्तरुपमा कार्यक्रम आयोजना गरिएको राष्ट्रिय जनसांस्कृतिक महासंघ प्रदेश नं १ का अध्यक्ष जे बी थुलुङले जानकारी दिनु भयो ।
वि सं २०३५ सालदेखि जनवादी तथा प्रगतिशील गीत गाउँदै जनचेतना जगाउने र पञ्चायती व्यवस्था ढाल्ने तथा ०६२ / ६३ को जनआन्दोलन सफल पार्ने अभियानमा अग्रपंक्तिमा रही स्वरका माध्यमबाट जनतामा उत्साह भर्ने जनप्रिय गायक "गोपाल नेपाल " को सम्मान कार्यक्रम गरेकोमा अध्यक्ष थुलुङले खुशी व्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासघ मोरङ र स्थानिय कलाकारहरुले जनगायक नेपाललाई सांगेतीक प्रस्तुतीमा साथ् दिने छन् । बेलबारीको मदन मोहन आश्रित पुष्प रत्न साँस्कृतिक भवनमा दिउँसो २ बजेदेखी सुरु हुने कार्यक्रममा सहयोग स्वरुप दर्शक महानुभावहरुको लागि टिकटको व्यवस्था गरिएको आयोजक राष्ट्रिय जनसांस्कृतिक महासंघ मोरङका अध्यक्ष गणेशप्रसाद भट्टराईले बताए ।



















