न्युयोर्क,१२ असोज । समता ग्लोवल सिनेटद्वारा अमेरिकामा सुशोभन तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । नोभेम्बर ५ मा न्युयोर्कबाट सुरुभई अमेरिकाका बिभिन्न राज्यहरुमा उक्त कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा नेपालका बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य र रामकृष्ण ढकाल लगायतको प्रस्तुती हुने समता ग्लोवल सिनेटका बरिष्ठ उपाध्यक्ष टीका ढकालले जानकारी दिए ।
नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउनका लागी स्थापित नाफारहीत संस्था समता स्कूल लाई सहयोग गर्ने उदेश्यका उक्त कार्यक्रम आयोजना गर्न लागिएको समता ग्लोवल सिनेटक अमेरिकाका बरिष्ठ उपाध्यक्ष ढकालले बताए ।
सिनेटको उक्त कार्यक्रमलाई सफल बनाउने बिसयमा नेपाली संघ सस्था सँग सहकार्यको लागि पहल र आयोजकलाई सल्लहा सुझाव समाजसेवी सुपर लयर खगेन्द्र जिसी, सिनेटर बेद खरेलगैर आवासिय नेपाली संघ अमेरिकाका बोर्ड अफ डाइरेक्टर विश्व बास्तोला एन.आर.एन.ए. अभियन्ताहरु महेश खड्का,बिष्णु राना मगर सिनेटर शंकर भण्डारीको विशेष भूमिका रहने कुरा लंग आइल्याण्ड नेपाली समाजका महासचिव तथा समता सिनेटर बाबुराम शर्माले बताए |

नेपालमा गरिव बर्गका छोराछोरीलाई एकसय रुपैया मासिक शुल्क अभियाँन बाट शुरु भएको समता स्कूलका संस्थापक उत्तम संजेल हुन् । नेपालका सर्बप्रिय सुप्रसिद्ध कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) यस संस्थाका संरक्षक रहेका छन् ।



















