• योगेश दाहाल 

बेलबारी,२५ असोज । मोरङको बेलबारीका खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरिएको छ । यहि असोज २८ गते देखि कार्तिक ३ सम्म हुने ९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीहुने खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरिएको हो ।

311139674_488991819953583_5381431515386247740_nबेलबारीबाट तेक्वान्दो खेलमा  सहभागीहुने ७ जना खेलाडीहरु केरिसा आचार्य मन्जित राजवंशी निस्ता राई र कुसुम राजवंशी सहित १ जना प्रशिक्षकलाई बेलबारी नगरपालिकाका प्रमुख डिपी राई, उपप्रमुख नितु थापा कोइरालाले विजयको शुभकामनासहित बिदाइ गरेका छन् । त्यसैगरी बेलबारीको  वडा न ८ र १० ले नगद सहित सम्मान तथा बिदाई गरेको छ । 

खेलाडीहरुलाई हौसला बढाउन बेलबारीका खेलप्रेमी तथा नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका कोषाध्यक्ष हेमन्त सुवेदीले आफ्नो व्यक्तिगत तर्फबाट प्रति  खेलाडीलाई ३ हजारका  दरले नगद सहित सम्मान गरेका छन् ।