पथरी,६ कात्तिक । तेश्रो पथरीशनिश्चरे प्रीमियर लिगको उपाधी किर्तिपुर सातबाघले जितेको छ। आइतबार रोयल किङ माथि३ विकेटको जित निकाल्दै दोश्रो पटक उपाधी जितेको हो ।

टस जितेर व्याटिङ गरेको रोयलले  सातबाघलाई १०७ रनको लक्ष्य दिएको थियो । २० ओभरमा ९ बिकेट गुमाएर १०६ रन बनायो । रोयलका राज बस्नेतले २२ भूपेन्द्र राईले १९ र भानु बिकले १४ रन बनाए । किर्तिपुरका अनिश लुइटेलले ४ अस्विन महतले २ तथा रहर लामाले १ विकेट लिए ।

जवाफी व्याटिङमा उत्रिएको सातबाघले १८ ओभर ३ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

सातबाघका अनिश लुइँटेल २६ निधित राईले २५ र रहर लामाले रहर लामाले १६ रन बनाए ।  रोयल किङका दिपेश श्रेष्ठले ३ भूपेन राई महेश कार्कि र राज बस्नेतले १ / १ बिकेट लिए । खेलको म्यान अफ दि म्याच अनिश लुइटेल घोषित भए । 

विजेताले १ लाख ११ हजार १ सय ११ र ट्रफी जित्यो । उपविजेताले ५५ हजार ५ सय  ५५ मा सिमित भयो ।प्रतियोगिताको बिधागत तर्फ क्लासिक एलाभेन हसन्दहका खेलाडीको आधिपत्य रह्यो । 

उदयीमान प्रभाशाली खेलाडी हिसाब किताबका नेल्सन दंगाल र हसन्दका सुजन खत्री घोषित हुँदा क्लासिक एलाभेन हसन्दहका सुधीर बस्नेत उदयीमान खेलाडीको ट्रफी जिते । उत्कृष्ट क्याचको उपाधी बुद्ध युनाइटेडका राकेश राईले जिते । उत्कृष्ट क्षेत्र रक्षण  हसन्दहका  सोलोमन राईले जिते । उत्कृष्ट व्याटमेन र प्रतियोगिताकै उत्कृष्ट खेलाडी हसन्दहकै  सन्जिव धिमाल घोषित भए ।उत्कृष्ट बलर रोयलका बिश्व जंग बस्नेतले ट्रफी जिते । 

विजेता र उपविजेतालाई पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापो र प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले उपाधी वितरण गरे । 

असोज २२ गते बाट सुरु भएको प्रतियोगितामा नगर भित्रका  ८वटा फ्रेन्चाइज क्लबको सहभागिता रहेको थियो ।