पथरी,१६ कात्तिक । म‍ोरङको  पथरी शनिश्चरे-१०काे प्रस्तावित  रङ्गशालामा पिट्सबर्ग च्यालेन्ज कपको दोस्रो सेमिफाइनलको दोस्रो खेलमा बेलवारी एफसी फाईनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा टेन नवोदय एफसी विरुद्ध ० को विरूद्ध १ गोल गर्दै बेलबारी एफसी विजयी भएको हो।

313998786_1870673409949015_1172087114173487739_n 1 खेलको निर्धारित समयको ३ मिनेटमा वेलवारी एफसीका जर्सी नं १४ का सुरज राईले गरेको गोल नै निर्णायक गोल भएको थियो। आजको खेलमा  बेलवारीका सुरज राई म्यान अफ द म्याच घोषित भए।

भोलिको खेल लेटाङ्ग एफसी र बेलवारी एफसी बीच पर्सी १८ गते शुक्रबार हुने आयोजकले जनाएको छ। गत कार्तिक ११ गते बाट शुरुवात भएक‍ो थियो । 

प्रमुख अतिथि समेत रहनु भएका ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले खेलकुदलाई स्वास्थ्य र अनुशासनको माध्यमबाट  खेलाडीहरू लागुऔषधको दुर्व्यसनी हुन बाट जोगाउने र खेलाडीहरूको  चौतर्फी विकास सकिने बताएका थिए

313924550_1513296209134270_4619425862262889111_n

पिट्सवर्ग च्यालेन्ज कप-०७९ का अध्यक्ष गणेश थक्लुङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको खेलमा  समाजसेवी ईन्द्र कुमारी काङवा, शैक्षिक अभियान्ता प्रदीपकुमार राई,   सामाजिक अभियन्ता चन्द्र बहादुर तामाङ, लगायतको उपस्थिति रहेको थियो।