पथरी,१८ कार्तिक । पथरीशनिश्चरे नगरस्थित जारी पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलवारी एफसीले चुमेको छ। शुक्रबार सम्पन्न भएको फाइनल खेलको निर्धारित समय बराबरीमा टुङ्गिएको थियो।
प्रतियोगिता बराबरीमा टुङ्गिएपछि ट्रावेकरमार्फत बेलवारी एफसीले ४-२ को अन्तरले लेटाङ्ग चारतारे एफसीमाथि उपाधि जितेको हो। बेलबारी एफसीले लगातार दोस्रो पटक उपाधि चुमेको हो। बेलवारी एफसीका जर्सी नं ३३ का गोल रक्षक किशोर गिरी म्यान अफ दि म्याच घोषित भए।
पथरी नगरको प्रस्तावित रंगशालालाई नगरेकै प्रतिष्ठा र गौरव बढाउने भएकाले नगरपालिकाको तर्फबाट आफ्नो बलबुताले भ्याएसम्म नगर , प्रदेश तथा संघीय सरकारकाे सहयोगमा यस रंगशालाको लागि आवश्यक प्रयास गर्ने नगरप्रमुख मोहन तुम्वापोले बताउनुभयो।
नगर प्रमुख तुम्वापोले प्रतियोगितामा प्रथम र द्वितीय विजेता बेलवारी एफसीलाई क्रमशः २ लाख १ रुपैयाँ नगरबाट पुरस्कृत गर्नुभएको थियो। यसैगरी, दोस्रो रनर अप घोषित लेटाङ्ग एफसीलाई १ लाख १ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताका वेष्ट डिफेन्डर -,वेष्ट मिड फिल्डर, वेष्ट फरवार्ड , हाई स्कोरर- जर्सी ३३ का किशोर गिरी, ,वेलवारीका बेस्ट कोच राज कुमार राईलाई पाचँ हजारका दरले पुरस्कृत गरिएको थियो भने बेष्ट प्लेयर - बेलवारीका विवेक पौडेललाई ७ हजार पाचँसय नगद सहित पुरस्कृत गरिएको थियो।
पिट्सवर्ग च्यालेन्ज कप कार्यक्रमको संयोजक गणेश थक्लुङको अध्यक्षतामा भएको आजको खेलमा ईन्ट्रा फाउण्डेशनका मेनेजिङ डाईरेक्टर रूद्र वानिया , ड्राईमण्ड स्पोसर सिजल एण्ड सीस्टर मेघ सुवेदी, पिट्सवर्ग च्यालेन्ज कप फाउण्डर अर्जुन विष्ट , ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, नगरका स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्य, समाजसेवी ईन्द्र कुमारी काङवा, भुटानी शरणार्थीहरूको क्याम्प सचिव चम्पा सिंह राई , वडाध्यक्ष जीवन खतिवडा, एएन एफ एका केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, ,, राष्ट्रिय खेलाडी संजिव गिरी समेत उपस्थिति रहेका थिए।




















