- कारणहरु:-
१. विदेशको बाटो हेर्नुहुन्छ। आहा! भन्नुहुन्छ आफ्नोमा छैन ।हाम्रोमा पनि यस्तै भएहुन्थ्यो भनेर चित्त दुखायो ।रातभर कल्पनामा ननिदायो। पैदल हिड्ने बाटो,पेटी, पार्क हेर्यो कल्पना गर्यो ।आफ्नोमा केही गर्नसक्ने हैन। बस्न पाइदैन, पाएपनि विदेशमा बस्न सकिदैन ।
२. आपूले आफ्नै लागि बनाएको घरको र यहाँका घरसंग तुलना गर्यो। यसो गर्नुपर्ने रहेछ, उसो गर्नुपर्ने रहेछ भनेर चुकचुकायो। चाहेर पनि घर सुधारगर्न सकिदैन ।
३. यहाँ नीति नियम र बिधानले देश चलेको देखिन्छ। नीति नियम र बिधान मिलेपछि अटोमेटीक काम हुन्छ। नमिले कुनै हालतमा काम हुँदैन । सबै काम अनलाइनबाट हुन्छ। बिजुली पानी केहीमा समस्या आए तुरुन्तै र सामान्य भए समय दिएर मर्मत हुन्छ। गाडीको लाइसेन्स स्थानीय निकायले दिन्छ। सरकारी मान्छे गाडीमा बसेर बाटोमा गाडी कुदाउन लगाउँछन्। नियम पूर्वक कुदाए पास। हामीले साइकल किन्नु र यहाँका मान्छेले कार किन्नु उस्तै उस्तै लाग्यो। अस्पतालको खर्च सबै बिमा कम्पनीले ब्यहोर्छ। सडकका खाल्डाखुल्डीले गाडीको टायर मात्र कोरियो भने सरकारले क्षति तिनुपर्छ अरे? स्वास्थ्य र शिक्षा सरकारले जिम्मा लिएको हुन्छ। कल्पना गरेर चित्त दुखाउनु बाहेक हामीले हाम्रोमा सिन्को भाँच्न सकिदैन ।
४. यसलाई राम्रो भन्ने कि के भन्ने यहाँ वल्लो पल्लो कोठाका मानिसको बिचमा वर्षौं सम्म पनि चिनजान र भेटघाट हुँदैन ।
५. यहाँ सरकारी जागिर र प्राइभेट जागिरमा खासै फरक हुन्न। प्राइभेट जागिरमा बढी आकर्षित हुन्छन अरे?
६ . यो कस्तो ठाउँ रहेछ भने सिड्नीमा एकजना भुसाल थरका भाइका डेरामा बसियो। मैले गाडीको दाम सोधेँ ती भाइले भने -"एकजना साहुलाइ समान बिग्रने कारणलेले अभर परेछ।मलाई प्रतिघन्टा ८५ डलरका दरले दिने भयो। पन्द्र घण्टा काम गरे ।१२०० डलर लिए । ८००डलरमा यो गाडी किने। हिजो अस्ति त्यो गाडी ती भाइले ३३००डलरमा बेचे अरे? सात वर्षको दौरानमा पहिलो धेरै कमाएको दिन हो अंकल भन्थे।
७. यहाँ बेरोजगार भए सरकारले भत्ता दिन्छ तर काम नगरी खान पाइन्न । यहाँ कमाइ अनुसारको कर तिर्नुपर्छ खर्चपनि बढी हुन्छ।पैसा जोगाउनभने निकै नै गाह्रो छ। नगदको कारोबार ज्यादै थोरै मात्रामा हुन्छ।
आफ्नो जहाँ छ, जति छ, जस्तो छ ,त्यसैमा चित्त बुझाउने मानिस नै सुखी हुन्छ भनिन्छ। त्यही भएकोआफ्नोलाइ अझैअझै राम्रो बनाउने भावना मनमा आउनु दुखी भावना हो र ? जननी जन्मभूमि ..............।
हाम्रो देश पनि यस्तै राम्रो बनाउन पाएहुन्थ्यो भन्ने भावना मनमा आउनु सुख हो या दुख हो??? आफ्नो आफ्नै हुन्छ। हाम्रा नव जवान विद्वान युवाहरूले किन स्वदेश छोडेर विदेश मन पराए? भौतिक सुख भएपनि मानसिक सुख विदेशमा छैन?। स्वदेशमा भन्दा विदेशमा धेरै काम गर्नुपर्छ । हाम्रो देशमा कामगर्ने विकास गर्ने वातावरणको सिर्जना नै गरिएन । यस्को फाइदा विदेशीले हामीबाट लिए। हामी दिनप्रतिदिन परपर निर्भर बन्दैछौ।उनीहरू हामीबाट काम लिएर आत्मनिर्भर बन्दैछ्न।
धेरै धेरै टिप्पणी गरिदिन विनम्र अनुरोध छ। जयजयहोस! सबैको जयजयहोस !!



















