पथरी,१८ मंसिर ।  माेरङकाे पथरीशनिश्चरे स्थित इलाका प्रहरी कार्यलयको हिरासतमा रहेका बन्दीलाई  न्यानो माया कार्यक्रम सञ्चालन गरिएकाे  छ। पथरी जेसिजको आयोजनामा न्यानो माया कार्यक्रम सञ्चालन गरिएकाेहो ।

'जेसिज सप्ताह ' कार्यक्रम अन्तर्गत   मंसिर १६ गते  हिरासतमा रहेका  बन्दीलाई न्यानो माया स्वरुप न्यानोको लागि ओढ्ने कम्मल र मेटसेट वितरण गरिएकाे पथरी जेसिजका संयाेजक काशिहाङ्ग राईले जानकारी दिए ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यता र  मोरङका  प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,माेरङका एस.पी शान्ति राज काेइराला र ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी वेदप्रसाद गौतमको सहभागिता रहेको थियो । 

पथरी जेसिज वर्ष सन् २०२२ का अध्यक्ष अनिता राईको अध्यक्षतामा भएको  उक्त कार्यक्रमको सञ्चालन राजकुमार विकले गरेका थिए ।