विराटचोक,२७ मंसिर । मोरङको बेलाबारी ५ का स्थायी वासिन्दा ञानब थुलुङ्ग राई मुवाथाई खेलको राष्ट्रिय खेलाडीको रुपमा परिचित नाम हो ।

२०५३ सालमा सोलुखुम्बूको नेचा  सल्यानमा बुवा कृष्णबहादुर र आमा हस्तमाया राईको माइला छोराको रुपमा जन्मिएका थुलुङ्ग भाले उपनामले चिनिन्छन । सानै उमेर देखि खेलकुदमा रुचि राख्दै आएका थुलुङ्गले सुरुमा तेकवान्दो खेलबाट खेलक्षेत्रमा प्रवेश गरेका हुन् ।

131338334_132893688637799_4532309834157933499_n

त्यसपछि उनले  २०७१ सालदेखि आफ्नो खेललाई परिवर्तन गरेर मुवाथाई / थाइवक्सिङ्ग खेलतिर प्रवेश गरे । छोटो अवधिमै मुवाथाई खेलमा उनले आफुलाई राष्ट्रिय खेलाडीको रुपमा स्थापित गरे । उनि  हालँ सम्म  राष्ट्रिय स्तरको खेलबाट ४ पटक सम्मको स्वर्ण पदक विजेताहुन ।  यो खेलबाट राष्ट्रिय स्तरमा मात्र नभै अन्तराष्ट्रिय स्तर सम्ममा खेल खेलेर राष्ट्रको नाम उच्च बनाउने इच्छा रहेको थुलुङ्ग  बताउछन । 

134557474_140929517834216_2139610829950543766_n

उनले यस खेललाई प्रदेश १ मा पनि करिव २ बर्षदेखि स्थापित गर्दै धेरै खेलाडीहरु उत्पादन गरि सकेका छन् भने उनि राम्रो प्रशिक्षक पनि हुन ।  ग्रामिण क्षेत्रबाट कडा मेहनतका साथ खेल क्षेत्रमा उदियमान युवा खेलाडी ञानब थुलुङ्ग राईलाई हाम्रो अनलाइन सगरमाथा मिडिया परिवारको तर्फबाट उज्वल भविष्यको कामना व्याक्त गर्दछौ । 

185527043_192887652687355_8969733612334856513_n

129442994_124264586167376_7201520805463734246_n