एजेन्सी । कतारमा भएको विश्वकपको फाइनलमा फ्रान्सका किलियन एम्बाप्पेले आफ्नो टोलीलाई च्याम्पियन बनाउन सकेनन् । तर फाइनलमा ह्याट्रिक गर्दै उनले इतिहासमा आफ्नो नाम दर्ता गराए । यति मात्र होइन उनले खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेका थिए ।
लियोनल मेस्सीले आफ्नो पछिल्लो विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए । फिफा विश्वकप २०२२ को डिसेम्बर १८ मा राति भएको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।अर्जेन्टिनाले जित हात पारेको भएपनि विश्वमा फ्रान्सका युवा स्टार केलियन एमबाप्पेको पनि चर्चा भइरहेको छ । विश्वकपमा ह्याट्रिक सहित कुल ४ गोल ।
केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ऐतिहासिक ह्याट्रिक गरेका छन् । खेलको ८० औं मिनेटमा अर्जेन्टिनाले २–० को अग्रता लिएको र एकतर्फी खेल जित्ने जस्तो देखिएपछि एम्बाप्पे बाहिर आए र यस्तो चाप देखाए कि विश्व स्तब्ध भयो ।
पहिलो हाफमा अर्जेन्टिनाले आक्रामक खेल देखाएका कारण फ्रान्स पूर्ण रूपमा ब्याकफुटमा देखिएको थियो । पहिलो हाफमा ७९औं मिनेटसम्म २–० को अग्रता कायम राखेपनि आँखा झिमिक्क गर्न नपाउदै जुन इतिहास बन्यो । यहाँ फ्रान्सले पेनाल्टी किक पाएपछि २३ वर्षीय केलियन एमबाप्पे खेलमा आए र गोल गरे ।
यतिबेला फ्रान्सका फ्यानहरूले सामाजिक सञ्जालमा एम्बाप्पेले अर्को गोल गरेपछि यो गोलको खुसी मनाइरहेका थिए । ८१ औं मिनेटमा एम्बाप्पेले आफ्नो बलियो खेल देखाउँदै मार्कस थुरामको सहयोगमा दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । एम्बाप्पेको यो गोललाई मार्कस थुरामले सहयोग गरेका थिए । करिब ९७ सेकेण्डको अन्तरालमा भएको यो अचम्मको घटनाले अहिलेसम्म चलिरहेको एकतर्फी खेललाई जीवन्त बनायो ।
यी दुई गोलमा मात्रै नभई अतिरिक्त समयमा पनि फ्रान्सका लागि एम्बाप्पेले गोल गरेका थिए जसका कारण खेल अतिरिक्त समयमा ३–३ को बराबरीमा पुगेको थियो । एमबाप्पेले पेनाल्टी सुटआउटमा पनि एक गोल गरेका थिए र यसरी फाइनल खेलमा ४ गोल गरेका थिए । ,
२३ वर्षीय केलियन एमबाप्पे सन् २०१८ मा विश्व च्याम्पियन बनेका छन् र उनी फुटबल इतिहासमा फिफा विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन्। उनीअघि सन् १९६६ मा इङ्ल्यान्डका ज्योफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए । एम्बाप्पेले यो फाइनल खेलमा धेरै कीर्तिमान बनाउनुका साथै विश्वकपमा गोल्डेन बुट पनि जितेका थिए ।




















