केराबारी,९ पुस । मोरङको  केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो ब्याक्तिगत खर्चबाट विपन्न २ परिवारलाइ न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् । केराबारी वडा नं ३ निवासी २  घर मगर परिवारलाई बिहिबार सिरक डसना,कपडा र चामल, दाल सहयोग गरेका हुन ।  

320240663_846470549919825_5691746422422358182_nविपन्न परिवारले जाडो याममा सास्ती खेप्नु परेको र  खाने अन्न समेत नभएको कुरा सुन्नमा आएपाछि पिडामा रहेको परिवारलाई केहि राहत होस् भन्ने उदेश्यका साथ सहायोग गरेको अध्यक्ष मिरिङचिङले बताए । अध्यक्ष मिरिङचिङले दीन दुखीहरुलाई  अन्य सहयोगी मनहरुलाई  समेत आग्रह गरेका छन् ।

नेकपा एमालेका युवानेता समेत रहेका मिरिङचिङले  कोरोना कहरको बेलामा गरिव दुखीको सहयोगमा  सक्रिय थिए । केराबारीमा आगलागी पिडित परिवारका लागि आफ्नो निजि खर्चमा केहि घरहरु समेत  निर्माण गरेका थिए ।