पथरी ,१९ पुस । सुनाखरी युवा क्लवको आयोजनामा माेरङकाे पथरीशनिश्चरेमा जारी मिनी महोत्सव -२०७९ अन्तर्गत भएको कन्सर्टमा लोकप्रिय र्यापर आशिष राना मगर (लाहुरे) यूवा वर्गको ढुकढुकी बन्न सफल भएका छन्।
करिब एक घण्टा लगातारको सांगीतिक माहौल तताएको उक्त कन्सर्टमा पथरीशनिश्चरेका दर्शक तथा श्राेताहरूलाई पुसकाे चिसो -चिसाे रातलाई गर्मी बनाउँदै उनको प्रस्तुतिमा झुमाए। हजारौं - हजाराै दर्शकहरू र श्राेताहरू उनी सँगसँगै गीत गाउदै नाचेका थिए।
सुनाखरी युवा क्लवको आयोजनामा जारी पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा चर्चित पप गायक आसिश राना मगर लाहुरेले आफ्ना लोकप्रिय गीतहरु गाउँदै स्टेजमा धूम मच्चाएका थिए । सोमबार बेलुकी र्यापर लाहुरेले -" बिमारी, ल है ल है, फेरि आएन म , आदि थुप्रै लोकप्रिय र्याप र पपगीतहरु गाएर दर्शकहरूको मन जितेका हुन्।
पथरीशनिश्चरे -१ का विभिन्न चोक र टोलहरूमा सडक बत्ती जडान गरी रातमा उज्यालो पार्ने अभिप्रायले आयोजित महोत्सवमा स्थानीय कलाकारहरुको साथमा राष्ट्रिय स्तरका लोकप्रिय गायक गायिकाहरूको बेजोड प्रस्तुति रहदै आएको छ भने भरे बेलुकी मंगलबार साँझ चर्चित गायक प्रमाेद खरेलले प्रस्तुति दिने सुनाखरी युवा क्लबका सचिव मनि लुम्फुवा लिम्बूले जानकारी दिएका छन्।



















