• महेश आचार्य

मिति २०७९ पुस २ गते दिउँसो १ वजे तिरको कुरा हो । म कलंकीबाट त्रिपुरेश्वर तर्फ मोटर साईकलमा आउदै थिए ।लामो समय काठमाडौं बसेको र केही वर्ष देखि मोरङ वस्दै आएको थिए । म किसानको छोरा मेरो बुबा १ पटक मोरङ जिल्लामा तरकारी उत्पादनमा दोस्रो हुनु भई फरुवा,हजारी उपहार पाउनु भएको थियो  ।

मैले विराटचोकवाट आमा संग लिएको ५ रुपैयाँ रिक्सालाई तिरेर बेलवारीसम्म गएर  १ रुपैयाँ प्रति केजिमा गोलभेडा बिक्री गरि फर्कने गरेको याद गर्छु । कहिले काहीं १ रुपैयाँ मा २ किलो पनि बेचेको संझना छ ।

सायद यी र यस्तै कारण होला मलाई सहर गएर  तरकारी बजारमा घुम्न रमाउन निकै आनन्द आउछ । गाउँतिर भए कृषि फर्म र कृषि उधम मलाई तिर्थ झै हुन्छ ।

जापान जादा पनि कृषि बजारमा म धेरै रमाएको थिए सानो सानो टमटर चेरि टमटरले चिनिने रहेछ जापानमा २० दाना जतिको प्याकलाई २०१४ मा ५०० जापानी येन पर्ने रहेछ । एक दिन बंगलादेशको ढाकामा म बिहानै होटलवाट बजार निस्किए र तरकारी बजार जान मनगरे नजिकैको तरकारी बजार छिरे सुरु सुरुमा लौका,फर्सिका करिव २ मिटर जतिका लामा - लामा टुप्पाहरु तरकारीको लागि बिक्रीमा राखेको देखेर छक्क परेथे लामै खाने रहेछन त्यहा । त्यहि बजारको पर कुनामा पुग्दा गाई मारि रहेको दृष्य मेरो जिवनमै हाल सम्मको हृदय विदारक घटना थियोे त्यो पनि देखे अनि म त्यहि वाट होटल फर्किएको थिए ।

यी त केही संझनाहरु हुन् । यहि बाटोमा हिड्दै गर्दा चर्चामा आएको गत चुनावमा गितै गाएको सेतो मौन टल्किएको अरवौ खर्चेर निर्माण गरेको धरहरा मेरो आँखाँ पटक पटक ठोकिई नै रहेको थियोे । मेरो मन त्यो गित जुन गत चुनावमा बजाईएको थियोे । अनि यसले र त्यसले बनाएको भनी गरिने गरेको राजनैतिक टिप्पणी संझदै थिए । त्यतिकैमा बाटोमै परेको नेपाल कै पुरानो र ठूलो तरकारी बजार कालिमाटी नियाल्ने ईच्छा जागे पछि सो बजार भित्र छिरे ।

केही तस्बिरहरु लिए बेमौसमी खाउ खाउ लाग्ने तरकारी हेर्दै ब्यपारीहरु संग कुराकानी गर्दै । केही तरकारी खरिद गरि फर्किए । पार्किङमा राखेको मोटरसाइकल निकाल्दै थिए । एक युवक करिव २२/२३ वर्षका पातलो ज्याकेट त्यो पनि चेन विग्रिएको भित्र टि सर्ट पातलो लगाएका कालो डल्ले पुक्क फुलेको सानो ब्याग बोकेका कालो दारी माक्स लगाएका ती युवक सिधा म तिर आए र आखा जुधाए । मलाई लाग्यो यिन पार्किङको पैसा असुल्न आए काठमाडौंमा यस्तै हुन्छ सायद १० रुपैयाँ होला भनी संझदै थिए । 

छेउमा आए मसिनो स्वरमा केही भने मैले  बुझिन । आखामा आखा जुधे रसिला आखा तिनका मेरो शिर निहुरियो ...! के भन्नू भा भनी प्रति प्रश्न गरे अनि उनले भने सर म दाङ् वाट आएको हु' । बिदेश जान भनी आएको ढिला भयो मिलेकै छैन भन्छन् । मलाई एउटा काम चाहियो यहाँ पाउछ ? मैले भने भाइ म यहाँको हैन काम त यहाँ खै पाउछ कि पाउन्न कुन्नि बरु होटल,ग्यारेजहरु तर्फ बुझ्दा हुने थियोे नि भने बोलेनन् अनि किन काम गर्नु विदेश जाने भए पछि भनेर फेरि सोधे ।

उनले भने सर होटरमा बसेर खादा बसेर खाएको पैसा तिर्नु सकिन । अहिले मोबाइल र नागरिक्ता होटलमै छाडेर आएको छु । कमाई गरेर तिर्छु भनेर घरवाट पनि ल्याउने अवस्था छैन । अनि हो सर भने' म त स्तब्ध भए मलाई हतार थियोे । मैले संझिए यि भाइ प्रतिनिधि पात्र हुन् । यहाँ यस्ता कथा धेरै हुन्छन् । यिनी जस्ता पात्र धेरै छन् ।  आफैले २०६० मा काठमाडौं आउदा भोगेका केही घटनाहरु संझना गरे त्यस पछिका दिनहरु ताजै छन् आफैका पनि ......अनि भाइ प्रयास गर्नुस् भन्दै निस्किए ।

तर पनि मेरो मन मष्तिस्कमा अहिले सम्म त्यो दृश्य र आवाज गुञ्जि रहेको छ । मैले पनि केही गर्न सकिन तर पनि यो भाईको समस्या र त्यो धरहरा को सम्बन्ध कहाँ हुन्छ होला भनी कौतुहल्ता बढि रहेको छ । रानी पोखरी पनि देखे अनि फेरि ती भाईलाई संझना गरे त्यो बनाएको भनी भोट माग्नु ती भाई र मेरो अनि यी र यस्तैहरुको गाँउमा बजेको भोट माग्ने गित धरहरा वनाएको रानी पोखरी निर्माण गरिएको अहिले पनि कानमै छ । अनि भत्काई देउ धरहरा पुरी देउ रानी पोखरी भन्ने कहि कत्तै सुनेको कविता याद आयो । 

अनि मन मा जाग्यो के ती र त्यस्ता युवाहरुले हाम फाल्नुलाई धरहरा या रानिपोखरी हो कि भन्ने गम्भीर प्रश्न उठेको छ । अनि सायद यी यस्तै युवाहरुको आशु त हैन ? रानिपोखरीको पानी लाग्छ हुन पनि सक्छ ।

फेरि संझन्छु मेरा आमा बा ले कृषि उत्पादनमा आफै जोडिदिए हामी ४ भाइ हौं कोहि बिदेश जानू परेर यहि संघर्ष गर्यौं । कृषि पेशामा दुख पाउँदा ब्यवसायमा लाग्यौ तर विदेश भौतारिने सोच वनाएनौं । यहि गरौ राष्ट्र निर्माण विदेशिएर हुदैन ।