एजेन्सी, २३ पुस । फुटबल स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै साउदी अरेबियाको फुटबल क्लब अल–नासर एफसीसँग अनुबन्धित   भएका छन् । जानकारी अनुसार रोनाल्डोले यो सम्झौता ७ करोड ५० लाख डलर (लगभग ६२१ करोड रुपैयाँ) मा सम्झौता गरेका हुन् ।

देशमा फुटबलको बढ्दो लोकप्रियता र भिजन २०३० लाई देखेर साउदी फुटबल क्लब अल–नासर एफसीले ठूलो रकम खर्च गरेर रोनाल्डोलाई अनुबन्ध गरेको छ । तर अल-नासर एफसीका लागि यो शर्तले कुनै समस्या उत्पन्न नहोस भन्ने हो  । किनभने रोनाल्डो र उनको प्रेमिका जर्जिना रोड्रिग्वेज सँगै बस्छन् तर विवाहित छैनन् । साउदी कानून अनुसार विवाह नगरी आफ्नो गर्लफ्रेन्ड सँग एउटै घरमा बस्नु गैरकानुनी हुन्छ ।

 लामो समयदेखि सँगै बस्दै आएका   रोनाल्डो र रोड्रिग्वेजको साउदी अरेबियामा यो बसाई पनि कानून तोड्नु जस्तै हो ।  तर, कानुन उल्लङ्घन गरेकोमा साउदी अधिकारीहरूले उनिहरु लाई सजाय दिने सम्भावना छैन।

2_4आउनुहोस्, साउदी अरबमा अविवाहित जोडीहरूका लागि सँगै बस्ने नियमहरू के छन् भन्ने जानौ :

साउदी सरकार रोनाल्डोको लोकप्रियता, विश्वव्यापी फुटबल प्रेम र ‘मध्यम’ छविका लागि यो नियममा सम्झौता गर्न तयार भएको छ । साउदी अरबमा अविवाहित जोडीलाई सँगै बस्न निषेध गरिएको छ । यति मात्र होइन, विवाह नगरी सन्तान जन्माउनु पनि यहाँ अपराध हो । रियाद रोनाल्डोको लागि यो नियम पनि तोड्न तयार छ । सन् २०१६ देखि सँगै बस्दै आएका रोनाल्डो र जर्जिनाले दुई सन्तानलाई जन्म दिएका छन् ।

के भन्छ साउदीको कानुन ?

साउदी अरबमा विवाह नगरी एउटै छानामुनि बस्नु वा कोठा बाँड्नु अपराध हो । कुनै पनि साधारण साउदी नागरिकले यस्तो गर्नेलाई कडा सजाय दिइन्छ।

तर, सञ्चारमाध्यमसँग कुरा गर्दै साउदीका वकिलहरूले पहिलेको जस्तो कडाइका साथ कानुन लागू नभएकाले नियमलाई खुकुलो पारिएको बताए । वकिलहरूले भनेका छन् कि अब देशमा दम्पतीहरूलाई विवाह बिना सँगै बस्न अनुमति दिइएको छ।

तर, आपराधिक क्रियाकलापमा संलग्न वा शंका लागेमा कारबाही हुन्छ । सन् २०१९ मा साउदी अरबले ठूलो नियम परिवर्तन गरेको थियो । त्यसपछि अविवाहित विदेशी जोडीहरूलाई होटलमा कोठा बाँड्न अनुमति दिइयो । साउदी सरकारले अहिले नयाँ भिसा नियम सार्वजनिक गरेको छ ।