पथरी,२५ पुस । पथरीशनिश्चरेको पञ्चायत माविमा आजदेखि साप्ताहव्यापी खेलकुद प्रतियिगिता सुरु भएको छ । बिधालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले खेलको शुभारम्भ गरेका छन् ।
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्राचार्य बुढाथोकीले बताए । अतिरिक्त क्रियाकलाप अनुसार खेलकुद, गायन तथा नृत्य प्रतियोगिता हुने प्राचार्य बुढाथोकीले जानकारी दिए ।
नर्सरीदेखि कक्षा १२ सम्मको विद्यार्थीहरु सहभागि उक्त कार्यक्रममा फुटबल, भलिबल, कबड्डी -कबड्डी, ट्रिपल जम्प, हाई जम्प, लङ जम्प, दौड, रिले दौड, चकजेट दौड, बेलुन ब्लाष्ट, हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो, बुद्धिचाल क्रिकेट खेलहरु रहेका छन् ।
त्यसैगरी हाजिरी जवाफ, वाद विवाद, गायन, नृत्य लगायत २१ ईभेन्टमा प्रतियोगिता हुने विद्यालयका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले जानकारी दिए ।
मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा अवस्थित सो बिधालय १ नं. प्रदेश सरकारद्वारा नमुनाको रुपमा घोषित विद्यालय रहेको छ ।




















