बेलबारी,२६ पुस  । भनिन्छ,जन्म र मृत्यु कसैको बसमा हुँदैन,सँगै बाँच्ने र संगै मर्ने कसम खाँदै लगनगाँठो कसेका कमै त्यस्ता भाग्यमानी दम्पत्ति हुन्छन,जो सँगै बाँच्छन अनि मृत्यु पनि सँगसँगै हुनेगर्छ ।  त्यस्तै संयोग जुरेको छ,.मोरङको बेलबारी १० भाउन्नेमा एक दम्पत्तिको, सोमबार उनीहरुको २ घण्टाको फरकमा मृत्यु भएको छ । 

स्थानीय नरबहादुर सार्की र उनकी पत्नि भक्तिमाया सार्कीको करिब २ घण्टाको अन्तरमा मृत्यु भएको छ । नरबहादुरको दिउँसो १ बजे र भत्तिमायाको दिउँसो ३ बजे मृत्यु भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन । उनीहरुको मंगलबार बिहान सामुहिक रुपमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । 

उनीहरुका ४ जना छोरा ५ जना छोरी,३ नाति ७ नातिनी रहेका छन । आर्थिक अबस्था कमजोर भएका दम्पत्तिको काजकिरियाका लागि स्थानीयले चन्दा संकलन गरि आर्थिक सहयोग गर्ने तयारी भईरहेका स्थानीय अगुवा युवा तथा समाजसेवी चन्द्रबहादुर बस्नेतले बेतना दैनिकलाई  जानकारी दिएका छन । स्वेच्छिक रुपमा परिवारलाई सहयोग गर्न लागिएको समेत उनले बताए । बेतना बाट