पथरी,२९ पुस । मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर प्रहरीले अव्यवस्थित रुपमा पार्किङ गरेर राखिएका टेम्पु र मोटरसाइकललाई नियन्त्रण गर्दै आफ्नो सक्रियता बढाएको  छ ।

बिहिबार पथरी बजारमा जथाभावी पार्किङ गरी राखिएको मोटरसाइकल, टेम्पु र  साइकलहरूलाई हटाइएको थियो । यसैगरी केही मोटरसाइकल, टेम्पो र साइकलहरू नियन्त्रणमा लिई सिक्री बाधेर चाबी लगएको नगरपालिकाले जानकारी दिएको छ  ।

नियन्त्रणमा लिइएका सवारीका धनी सम्पर्कमा आएपछि  आवश्यक परामर्श दिई छाडिने नगरका प्रहरी हवल्दार बलबहादुर गौतमले जानकारी दिए  । साथै, उनले आजबाट भने सवारी ऐन तथा नियम अनुसार कडाईका साथ कारबाही गरिने बताएका छन् ।