काठमाडौं,३०पुस। एनी जक्काफोङ जक्रजुटाटिप थाइल्याण्डको एक ट्रान्सजेन्डर महिला हुन् उनलाई एनी जेकेएन नामले पनि चिनिन्छ । ७१ औं मिस युनिभर्स प्रतियोगिताको फाइनल हुन लागेको बेला उनको नाम चर्चामा छ ।
मिस युनिभर्स संगठनको नयाँ मालिक एनी जक्काफोङ जाक्रजुटाटिपले २०२२ मा आईएमजी वर्ल्डवाइडबाट २० मिलियन डलर वा करिब १६३ करोड रुपैयाँमा किनेकी थिइन् । थाइल्याण्डको प्रसिद्ध जेकेएन ग्लोबल ग्रुपकी मालिक उनी लाइफ इन्स्पायर्ड फर ट्रान्ससेक्सुअल उर्फ LIFT नामक फाउन्डेसन पनि चलाउँछिन् ।
एनी जक्काफोङ जाक्रजुटाटिप आज थाइल्याण्डकी सबैभन्दा ठूलो व्यवसायी हुन्, तर उनको बाल्यकाल निकै कठिन थियो। ४३ वर्षीया एनी बाल्यकालमा सबैजना केटाहरू मात्र भएको विद्यालयमा पढ्थिन्, जहाँ उनी आफ्ना सहपाठीहरूबाट बलात्कृत भइन्। उनको लैङ्गिक पहिचानको कारण, उनी आफ्नै शिक्षक द्वारा पनि यौन दुर्व्यवहारमा परेपछि एनीले विद्यालय छोडिन् र सानै उमेरमा नै उनले पेट्रोल पम्पमा काम गर्न थालिन ।
टाइम्स अफ इन्डियासँगको कुराकानीमा एनीले आफूलाई बाल्यकालदेखि नै केटी ठान्ने बताइन् । उनी सानै छँदा आमाको लुगा लगाएर केटी बन्न चाहन्थिन् । तर बाबुआमाले उनलाई साथ दिएनन् । केही समयपछि एनी घर छोडेर अध्ययनका लागि अष्ट्रेलिया गइन् ।आफ्ना आमाबाबुको विरुद्धमा, एनी जक्काफोङ जाक्रजुटाटिपले आफूलाई महिलामा रूपान्तरण गर्न थालिन्। यद्यपि उनले आफ्नो आवाजलाई पुरुषको नै रहन दिइन् किनभने उनी यसलाई आफ्नो पहिचानको हिस्सा मान्छिन्।
एनी एक धेरै शिक्षित महिला हुन्, उनले अस्ट्रेलियाको बन्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गरेकी छिन । उनले चुलालोङकोर्न विश्वविद्यालयबाट रियल स्टेट डेभलपमेन्टमा डिप्लोमा प्राप्त गरिन भने उनीसँग थाई इन्स्टिच्युट अफ डाइरेक्टर्स एसोसिएसनको निर्देशक मान्यता कार्यक्रम (डीएपी) बाट प्रमाणपत्र पनि छ। पढाइ सकेर एनी थाइल्याण्ड फर्किइन् र आफ्नो परिवारलाई भिडियो भाडाको व्यवसायमा सघाउन थालिन् ।परिवारको व्यवसायमा सघाउदै आनी जक्काफोङ जाक्रजुटाटिपले पनि आफ्नै व्यवसाय सुरु गर्ने तयारी गरिन् ।
आज उनी थाइल्याण्डको शीर्ष सामग्री व्यवस्थापन र वितरण कम्पनी जेकेएन ग्लोबल मिडियाकी सीईओ हुन्। यति मात्र होइन, उनले जेकेएन ग्रुप अन्तर्गत स्वास्थ्य, सौन्दर्य, पेय पदार्थ र डिजिटल न्यूज च्यानल पनि सुरु गरेकी छिन् । आजको समयमा, JKN ग्लोबल मिडिया सँगै १५ वोटा विभिन्न व्यवसायहरूको मालिक छिन ।
आफ्नो सफल व्यवसायिक उद्यमका कारण, एनी जक्काफोङ जाक्रजुटाटिप एशिया मिडिया वुमन अफ द इयर अवार्ड जित्ने पहिलो थाई र ट्रान्सजेन्डर महिला बनेकी छिन्। सन् २०१९ मा भएको कन्टेन्ट एसिया समिटमा उनलाई यो अवार्ड प्रदान गरिएको हो । थाई टिभीमा भारतका शृङ्खला र कार्यक्रमहरू ल्याउनमा ठूलो योगदान पुर्याएकोले उनलाई 'भारतीय सामग्रीको रानी' पनि भनिन्छ।
एनी जक्काफोङ जाक्रजुटाटिपसँग बेलायती प्रेमी र दुई राम्रा बच्चाहरू पनि छन्। दुवै सन्तान सरोगेसीको सहयोगमा जन्मिएका हुन् । यद्यपि उनीहरूलाई सन्तान पाउन सजिलो थिएन। उनले एक अन्तर्वार्तामा बच्चा लिन आफु ग्रीस गएको बताएकी छिन । यति मात्र होइन, उनले दुवै सन्तान जन्माउनका लागि करोडौं रुपैयाँ खर्च गरेकी छन् ।
एनी जक्काफोङ जक्रजुटाटिप विश्वको तेस्रो धनी ट्रान्सजेन्डर महिला हुन्। फोर्ब्स २०२० को सूची अनुसार,उनको कुल सम्पत्ति २१० मिलियन डलर अर्थात् लगभग १७०० करोड रुपैयाँभन्दा बढी रहेको छ ।
एनीको परिचय धेरै टाढा सम्म फैलिएको छ । उनी अभिनेता र मोडल क्लिन्ट बोन्डाडसँग राम्रो साथी हुन्। यसका अलावा उनी फिलिपिन्सका कलाकार डेरिक मोनास्टेरियो, केन चान, एसियाली मल्टिमिडिया स्टार एल्डन रिचर्ड्स र अवार्ड विजेता अभिनेता डेनिस ट्रिलोसँग पनि समय बिताउँदै आएकी छिन्।
तस्बिर स्रोत: इन्स्टाग्राम




















