लेटाङ,२ माघ । लेटाङ नगरपालिका वडा नं. ४  कि दलित महिला वडा सदस्य मुना बिश्वकर्माको आज निधन भएको छ । 

४१ बर्षिय बिश्वकर्माको ब्रेन टिबिका कारण  निधन भएको पारिबारिक श्रोतले जानकारी दिएको छ ।   बिश्वकर्मा स्थानिय तह निर्वाचनको बेला देखिनै सामन्य बिरामी देखिएको र १ महिना अघि देखि उहाँको स्वास्थ  अवस्था गम्भीर बन्दै गएको थियो । 

बिराटनगर स्थित नोबेल अस्पतालमा उपचाररत बिश्वकर्माको उपचार संभव नभएपछी आजै घर  फर्काईएको  थियो  । आज दिउँसो घरैमा उहाँको निधन भएको हो ।