मृत्यु बेचेर घुस लिन र दिन अब त छोडीदिउँ !!

देउजा राधाकृष्ण 

जीवन र मृत्युको विचमा निक्कै सानो फासला छ , त्यसैले त्यो त जसरी पनि आउनु नै छ !
मरेर जानेहरुले त मुक्ती नै पाउलान तर आफन्तहरुले सहनै नसकने पिडा त पाउनु नै छ !!

जन्मिएर धर्तिमा आउँदा नै मृत्युको ग्यारेण्टी पत्र त हामी सबैले बोकेर आएकै हुन्छौं !
तर पनि जीवनको आयु लम्ब्याउन सकिन्छ कि भनेर हामी अनेकन ठाउँहरुमै धाएकै हुन्छौं !!

जति नै बाँच्न खोजे पनि एक दिन त हाम्रो जीवनलाइ मृत्युले जसरि पनि जित्दो नै रहेछ !
थाहा नहुने रहेछ मृत्यु के कसरि र कहिले आउने तर पनि आएर उसले जीवनको गलालाइ थिच्दो नै रहेछ !!

कोहि रोगले , कोहि भोकले , कोहि शोकले त कोहि अनयास हुने दुर्घटनामा परेर पनि मरेकै हुन्छन !
मर्नेहरु त मरेर जाने नै भए त तर जो बाँच्छन उनीहरु जानेहरुको सम्झना जीवनभर गरेर रुन्छन !!

मृत्युलाइ पो जित्न नसकिएला कमसेकम त्यसको प्रकृति त बदल्न सकिएला कि अब त ?
राज्य संचालकहरुले  लोभ लालच त्यागिदिए बस र प्लेन दुर्घटनामा त कोहि मर्ने थिएनन कि तव ??

थालिएका गाडीले बाटो र थोत्रिएका प्लेनले आकाश देख्न नपाए हामीले पनि हृदय विदारक मृत्यु देख्नु नपर्ला कि ?
भावीले लेखिदिएको मृत्यलाइ रोक्न नसकिए पनि मृत्युको भयानक बिम्वका बारेमा त लेख्नु नपर्ला कि ??
विकास र सम्वृद्धिको सपनाको हत्या गरेर भुँडी त सदैव तिमीहरुले भर्दै आएकै छौ !

कुरा एउटा काम अर्को गर्दै जनतालाइ झुक्याउनलाइ क्रमै संग पालो पनि त पाएकै छौ !!

कमसेकम मान्छेको जीवनलाइ दाउमा हाल्ने सर्तमा आफु र आफन्तको थैली भराउन त छोडीदेउ !
मान्छेको मृत्युको सम्भाव्यताको जोखिमलाइ स्वीकार्दै घुस लिने दिने संस्कार अब त कमसेकम तोडीदेउ !!

जीवन र मृत्युको विचमा निक्कै सानो फासला छ , त्यसैले त्यो त जसरी पनि आउनु नै छ ।