इटहरी,३माघ । जंगली हात्तीको आक्रमण बाट सुनसरीको बराहक्षेत्रमा एक जना पुरुषको  मृत्यु भएको छ ।

आज (मंगलवार) विहान ११ बजेतिर बराहक्षेत्र ५ रामझोडाका ६५ वर्षिय धन बहादुर माझीको हात्तीले आक्रमण गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेद्रनगर चक्रघटीले जनाएको छ । 

माझी नर्सरीमा गएका बेला हात्तीको आक्रमणमा परेको प्रहरीले बताएको छ । शव लाई पोष्माटमको लागी वि. पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।