बेलबारी,४माघ । बेलबारी नगरपालिकाले करारमा रहेका कर्मचारीहरुलाई निष्कासन गर्न थालेपछि खैलाबैला शुरु भएको छ । पहिलो चरणमा ३ जना नगर प्रहरी र १ जना दमकल कर्मचारी सहित ४ जना निष्कासन भएका  छन ।

कर्मचारी निष्कासन पछि निष्कासनमा परेका कर्मचारीहरु असन्तुष्ट बनेका छन । उनीहरुले करारमा रहेका कर्मचारी निष्कासन गर्न नपाईने भन्दै राजनीतिक दल र जनप्रतिनिधिहरुलाई दबाब दिईरहेका छन । बेलबारी नगरपालिकामा प्रशासन तर्फ मात्र करारमा ४७ जना कर्मचारी रहेका छन ।

संगठन ब्यबस्थापन सर्बेक्षणको रिपोर्ट अनुसार नगरपालिकामा कर्मचारीको संख्या बढी रहेको र क्रमैसँग करारमा रहेका कर्मचारीहरु हटाउदै जाने बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले जानकारी दिए । उनले करारमा रहेका कर्मचारीहरुलाई प्रदेश लोकसेवा आयोग मार्फत उर्तिण भएका कर्मचारीहरुलाई मात्र नियुक्ति दिने समेत बताए ।

बेलबारी नगरपालिकाको १२ औँ नगरसभाले करारका कर्मचारी हटाउने निर्णय पारित गरेको नगरप्रमुदख राईले बताए ।बेतना बाट