विराटचोक,८ माघ । मोरङ सुन्दरहरैँचाका कवि आचार्य अ.को ‘मेरो यात्रा’ कविता सङ्ग्रहको सुकुना बहुमुखी क्याम्पसमा शनिबार आयाेजित कार्यक्रममा लोकार्पण गरिएको छ । 

326454307_700636355045593_8864876403149785852_nकार्यक्रमका प्रमुख अतिथ प्रलेस नेपालका महासचिव डा. देवी दुलाल क्षेत्री लगायतले सो कृतिको बिमोचन गरेका थिए।कार्यक्रममा प्रमुखअतिथि डा. क्षेत्रीले प्रलेस नेपालले सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए ।

उनले ५६ ओटा जिल्लामा समिति बनिसकेको र बाँकी जिल्लामा पनि निर्माण हुने क्रममा रहेको बताए । समालोचक समेत रहेका क्षेत्रीले साहित्य शोसित र पीडितका लागि लेख्नुपर्ने उल्लेख गरे ।

326801602_870975064112080_1686456683316137348_nकार्यक्रममा लोकार्पण गरिएको कृतिका लेखक आचार्य अ. तथा प्रकाशक कमलादेवी आचार्य र परिवारका सदस्यहरूको परिचय समेत गराईएको थियो । लोकार्पित कृतिको डा. दीपकप्रसाद न्यौपानेले समिक्षा गरेका थिए।

कार्यक्रममा लेखकको तर्फबाट कवि आचार्य अ.ले मन्तब्य राखेका थिए । कृतिका लेखक भाषाविद तथा साहित्कारका रूपमा समेत परिचित रहेका छन । सुन्दरहरैँचा ४ स्थायी बासिन्दा आचार्य अमृत लामो समय सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन पश्चात सेवानिबृत भएका हुन ।

योपनि पढ्नुहोस : ✍️ तारा पराजुलीको "हिउँदको गीत "

326910884_717547779947777_6234551619473375926_nकार्यक्रममा सहभागी साहित्यकारहरूले आफना कविता,लथुकथा,कृति भित्रका कविता, गजल,मुक्तक,हाइकु विधाका रचना बाचन गरेका थिए ।

कार्यक्रममा पुर्व सांसद हर्कमान तामाङ्ग सुन्दरहैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ,बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई,प्राज्ञ डा.देवी नेपाल, प्राज्ञ सुभद्रा भट्टराई, प्रा.डा.बद्रीविशाल पोखरेल,संविधान सभा सदस्य मधु गुरूङ,उदयपुरका प्रजिअ तथा साहित्यकार बाबुराम पोखरेल, बरिष्ठ साहित्यकार तिला लेकाली,रेखा सुवेदी,कवि अनिल पौडेल,अच्छा रसिक राई प्रतिष्ठान अध्यक्ष लेखनाथघिमिरे,सुकुना क्याम्पसका पुर्व प्राध्यापक मेदिनिप्रसाद बराल सुकुना बहुमुखी क्याम्पस क्याम्पस प्रमुख चन्द्रमणि राई,कवि,समालोचक डा.दीपकप्रसाद न्यौपाने गायक संजिव धिमाल,सुन्दरहरैँचा १२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल लगायतको आथित्यता रहेको थियो ।  326980065_963440438427663_1884938870102331239_nकार्यक्रममा प्रलेस,नेपाल, १ नं प्रदेश उपाध्यक्ष रामप्रसाद खरेलले स्वागत मन्तब्य राखेका थिए । प्रलेस नेपाल, १ नं प्रदेश अध्यक्ष तिला गौतमको अध्यक्षतामा भएको कार्यक्रम प्रलेस नेपाल, १ नं प्रदेश सचिव राजेन्द्र सर्वहाराले सञ्चालन गरेका थिए ।

326260483_859249755355406_5376035701216965598_n

326735684_693911888995868_8695178922397844810_n