विराटचोक,८ माघ । तामाङ समुदायको २८५९ औँ सोनाम ल्होसार पर्व सुन्दरहरैंचामा पनि उल्लासका साथ मनाइएको छ। उक्त पर्वको अवसरमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले शुभकामना व्यक्त गर्नु भएको छ । 

sonamमोरङको सुन्दरहरैंचा १० मा रहेको रिन्छेन छयोलिङ बौद्व गुम्बाद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै सभासद गुरुङले २८५९ ह्योईरतावर ल्हो (बिरालो वर्ष) को पावन अवसरमा देशविदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी दाजुभाइहरू सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।

Screenshot (1986)कार्यक्रममा  विशिष्ट अतिथि  सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं पुर्व उपप्रमुख उपप्रमुख धना तामाङ्ग लगायतले  शुभकामना मन्तव्य व्याक्त गर्नुभएको थियो । 

मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित  भएको उक्त समारोहमा नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचा  नगर कमिटी अध्यक्ष महेश आचार्य,सुन्दरहरैंचा ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ सुकुना क्याम्पसका  स्ववियु सभापति सन्तोष लिम्बू,युवा नेता दिवस श्रेष्ठ, सुन्दर तामाङ,समाजसेवी माधव दाहाल,दिपेन तामाङ लगायतको आथियता रहेको थियो ।

326594691_502836678643928_7350599449799179951_nईन्द्र मेघि तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथि तथा सहयोगीहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो भने बन्दना तामाङ्गले कार्यक्रम  सञ्चालन गर्नुभएको थियो ।