मनोविश्लेषक वासु आचार्यले मानसिक स्वास्थ्य र मनोरोगीहरुका लागि सचेतना जगाउने र मनोवल बढाउने उदेश्यका साथ कविता लेख्नु भएको छ ।

पक्कै पनि मानसिक स्वास्थ्यको पिडामा रहेका व्यक्तिहरुमा उहाँले लेखेको कविता पुगोस र केहि राहत मिलोस भन्ने कामना सहित उहाँले लेख्नुभएको कविता हामिले प्रस्तुत गरेका छौ । 

 हर्नुहोस उहाँको स्वास्थ्य परामर्श सहितको भिडियो ।

246453342_425184862305740_8886745234406999368_nकविताको शिर्षक  :  "मनोपिडामा छौ भने"

मनोपिडामा छौ भने

भावनाको नसुन

यो बेला भावना झुठो हुन्छ ।

  परिवारको सुन

परिवार संधै सत्य हुन्छ ।।

********************

मनोपिडामा छौ भने

धारणालाई नमान

यो बेला धारणा एकोहोरो हुन्छ ।

बौद्धिकतालाई मान

बौद्धिकता संधै दोहोरो हुन्छ ।।

************************

मनोपिडामा छौ भने

समस्याको नसुन 

यो बेला समस्या जटिल हुन्छ ।

समाधानको सुन  

समाधान संधै सहज हुन्छ ।।

*************************

मनोपिडामा छौ भने

कुनै निर्णय नगर

यो बेला निर्णय गलत हुन्छ ।

हरपल धैर्य गर

धैर्यता संधै सहि हुन्छ ।।

****************************

मनोपिडामा छौ भने

आवेगी नबन

यो बेला आवेग बैगुण हुन्छ ।

निरन्तर सहनसिल बन

सहनसिलता संधै सद्गुण हुन्छ ।।

हेर्नुहोस भिडियो :