विराटचोक,१५  माघ । मोरङको सुन्दरहरैँचामा दोश्रो  ‘स्लो बाइक रेस’ प्रतियोगिता  हुने भएको छ । नेपाल मुस्लिम युवा समुह सुन्दरहरैंचा ९ को आयोजनामा माघ  २१ गते उक्त  प्रतियोगिता हुने भएको हो ।

इन्द्रपुर रंगशालामा हुने  प्रतियोगितामा प्रदेश १ का विभिन्न स्थानबाट ४ सयभन्दा बढी प्रतियोगिहरुले भाग लिने मुस्लिम युवा समुहका सदस्य अनवर आलम जानकारी दिए । विहान ९ बजे देखि दिउसो ३ बजे सम्म चल्ने प्रतियोगितामा महिला,पुरुष दुवैले महिला पुरुष दुवैले भागलिन पाउने छन् ।   ।

सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न हुने प्रतियोगीतामा दर्शकहरुका लागी सहयोग स्वरुप टिकटको ब्यवस्था समेत गरिएको मुस्लिम युवा समूहका अध्यक्ष मो. दुलालले बताए । 

उक्त प्रतियोगितामा  प्रथम पुरस्कार ३१ हजार, दितिय पुरस्कार २१ हजार तृतीय पुरस्कार ११ हजार नगद सहित,शिल्ड ,मेडल र प्रमाणपत्र  प्रदान गरिने अध्यक्ष दुलालले बताए ।

करिव ३ लाखभन्दा बढी लागतमा सम्पन्न हुने उक्त प्रतियोगितालाई सम्पन्न गर्न स्थानिय संघसंस्था सँग सहयोगको अपेक्षा गरेको छ । मोटरसाइकल प्रतियोगिता हुने 

त्यस्तै, तीव्र गतिका कारण दैनिक रूपमा सवारी दुर्घटना बढ्दै गएको छ । साेही दुर्घटनालाई नियन्त्रण गर्न टेवा पुग्ने उदेश्यले प्रतियोगिता गरिएकाे आयोजकले बताएको छ  ।