विराटचोक,२० माघ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाले सुन्दरहरैँचामा वडास्तरिय खुल्ला नकाउट फुटबल प्रतियोगिता गर्ने भएको छ । युवा संघ १२ न वडा शाखा कमिटीको आयोजना अगामी माघ २५ देखि फागुन २ गतेसम्म  प्रतियोगिता हुने भएको हाे । 

 नगरभरीका १२ वटा वडाको सहभागिता रहने प्रतियाेगिता शुक्रवारे खेल  मैदानमा हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । प्रतियाेगिताकाे लागि स्व.बुवा दुर्गाप्रसाद सुबेदीको नाममा छोरा टिकाप्रसाद सुबेदीले प्रथम पुरस्कारका लागि रु. ५१ हजार तथा  स्व. कबिता लिम्बुको सम्झानामा श्रीमान गोपाल लिम्बुले दोश्रो पुरस्कार ३० हजार सहयोग गरेकाे खेल संयोजक आनन्द बस्नेतले जानकारी दिए । 

यो पनि पढ्नुहोस-सुन्दरहरैँचामा 'स्लो बाइक रेस' प्रतियोगिता हुने

बस्नेतले नगर तथा वडामा खेलक्षेत्रकाे विकास गरि समाजका युवालाइ कुलतबाट जाेगाएर शारीरिक रूपमा स्वास्थ्य हुन अभिप्रेरित गर्ने उदेश्यले समेत प्रतियाेगिता आयाेजना गर्न लागिएको उल्लेख गरे ।

329042455_912553016759904_7293193448027928879_nयुवा संघले प्रतियोगिता आयोजना गरे पनि यसलाई राजनीतिक हिसाबले नहेरी नगरभित्रकै युवालाई खेलकुद क्षेत्रमा अगाडी बढाउन उत्प्रेरित गर्ने उद्धेश्यले खेल आयोजना गर्न लागिएको  नगरपालिका प्रवक्ता रोशन ढकालले बताए। उनले खेलकाे  वृद्वि विकासका लागि नगरपालिकाले खेलकुद बिकास समिति छिट्टै गठन गर्ने उल्लेख गरे  । 

  प्रतियाेगिताकाे लागि अनुमानित रू ८ लाख खर्च हुने तथा खेलकाे आवश्यक तयारी साथै आर्थिक स्रोत जुटाउँने कार्य अहिले धमाधम भै रहेको प्रतियाेगिताका सह संयाेजक मिलन तामाङले उल्लेख गरे ।