कविता :" आशा " 

आशाको अर्थ अभिलाषा हो, इच्छा हो, 
लोभ लालच हो, अनि चाहना पनि हो,
आशा ध्यान हो,संघर्ष हो,कर्म हो
अनि जिवन जीउने बहाना पनि हो।

कतै घाम लाग्नेछ भन्ने आशा
कतै पानी पर्नेछ भन्ने आशा
कतै उज्यालो पनि हुनेछ भन्ने आशा 
कतै रात पनि पर्नेछ भन्ने आशा ।

फूललाई काँडाले जोगाउने छ भन्ने आशा
काँडालाई आफ्नो चुच्चोपनले जोगाउने आशा
धुर्तलाई आफ्नो चलाखीले जोगाउने छ भन्ने आशा
इमानदारलाई आफ्नो स्वच्छ मनले जोगाउने आशा ।

सुकुम्बासीलाई लालपुर्जा आउनेछ भन्ने आशा
नि:सन्तानलाई सन्तान जन्मने छ भन्ने आशा
बेरोजगारलाई जागिर पाइनेछ भन्ने आशा
खलासीलाई ड्राइभर हुने आशा ।

कतै यो मरोस् र उसको ठाउँ म
पाउनेछु भन्ने आशा
कतै यो जन्मन्छ र मेरो ठाउँ
लिनेछ भन्ने आशा, ।

आशा छ र त हामी छौं
आशा छ र त यो धर्ती आकाश छ, 
केवल
आवश्यकता पवित्र आशाको छ
आवस्यकता नि:स्वार्थ आशाको छ,
आवश्यकता कर्मसहितको आशाको छ।।

**************************

सबैको जय होस !!

खापुङ नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेको बनेपा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक हुनुहुन्छ !!