कविता:नाता र सम्बन्ध -
हरपल अति ब्यास्त यान्त्रीक जीन्दगानी
चाहानाको घडा च्यापी रंथन सांझ बिहानी
धुकधुकी रहेसम्म आषकै पल्लबीमा
उधारोको परिबेश तृप्तताको महिमा ॥
**
भरोशाले भरिपूर्ण सन्ध्या दीप उज्याली
सजावट गरि इच्छ्या शान्त्वनाले पंहेली
पलपल मरि बाँच्ने खेलको गोल सृष्टि
भोगाइको सिरानीमा स्वर्णीम बक्र दृष्टि ॥
**
समेटेर सिलाए नि चिरिन्छ फेरि अन्त
थाक माथी उप थाक बैराग्यका वसन्त
मजबुत मुठ्ठी भित्र सम्बन्ध हाइहाई
निरासाको भूँमरीमा तर्किन्छन निहुँ पाई ॥
**
विसमको भाइचारा भाबनाको खिलाप
देखावटी लोकचार स्वार्थी मेल मिलाप
समतामुखी ममता सौहाद्रको बिपुल
सहिष्णुता परिबेश सन्तुष्टिमा अतुल ॥
**
श्रम सृष्टि शान्तिको गाँसबास
जेनतेन गरि बाँच्ने प्राणको मुल्य नास
कठिनको दिनचार्य अकासिदो बजार
खपेर पनि नसक्नु मुर्छित बारबार ॥
**
फजुलको आयस्तामा चम्कने ति छिमेकी
रबाफको सिरानीमा बुर्कीई झार्न सेखी
कुलीनता मुखि खास्टो श्रेष्टताको घमण्ड
गहनामा सजीएर गृहणीको उदण्ड ॥
**
खदिलो छ कोहि खोक्रो जन्मे कोख एक
समताको खडेरिमा गुम्छ बुद्धि बिबेक
सबथोक कोख हुन्न बर्गको दब्दबीमा
वर पनि पर बन्छ स्वार्थको बुर्कुसीमा ॥
मणि दाहाल ,विराटनगर - मोरङ



















