विराटचोक,२९ माघ । सुन्दरहरैंचा नगरपालिकाको सेवा प्रवाह आज बन्द हुने भएको छ । नगरपालिकाको एघारौं नगरसभा / नियमित हिउँदे अधिवेशनको पहिलो बैठक भएको कारण सेवा प्रवाह आज १ दिनको लागि  बन्द हुने भएको हो ।

नगरपालिकाले आइतवार सुचना जारी गरी नगरपालिका र माताहतका कार्यालयहरूबाट हुने अतिआवश्यक बाहेकका सेवा प्रवाह बन्द रहने बेहोरा जानकारी गराएको छ ।